पूर्वमन्त्री रायले सहयोगीलाई गाली गरे, सहयोगीले उनको हत्या नै गरे

काठमाडौँ । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले नै गरेको खुलेको छ ।

प्रहरीका अनुसार घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेको खुलेको हो । प्रहरीसँग आरोपी रायले हत्या गरेको स्वीकार पनि गरेको प्रहरीले जाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा आफूले हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ । पोलिग्राफ परीक्षण गर्दा पनि उनले ढाँटेको देखिएको प्रहरीको भनाइ छ ।

घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा बन्चरोले हिर्काएर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

यसअघि घरका ३ जना आएको र जग्गाको कुरामा विवाद गरेको आफूले सुनेको भन्ने उनले बयान दिएका थिए ।

पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button