कास्कीका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ ।

साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गाउँपालिकाले आधारभूत तह (१-५) का लागि १८, आधारभूत तह (६-८)का लागि १० र माध्यमिक तह (९-११) का लागि चार जना र माध्यमिक तह (११-१२)का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा जनाइएको छ ।

प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button