बैतडी । घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा बुधबार एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
घर नजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution