आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ साउन १० गते बिहीबार, इस्वीसंवत जुलाई २५ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्ण पक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको चतुर्थी तिथि बिहानमा ८ः०८ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वभाद्रपदा रातिमा ८ः३३ बजेसम्म त्यसपछि उत्तरभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शोभन १७ घटि ५१ पलासम्म त्यसपछि अतिगण्ड योग रहनेछ । करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।

सूर्य कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३३ घटि ४८ पला अर्थात १३ घण्टा ३३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः२४ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ९ः५३ बजे र अस्ताउने समय भोलि बिहानमा ९ः१८ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज सरकारी कर्मचारीमा घुस मागिने सम्भावना बलियो छ । इष्टमित्रसँग विवाद, व्यवसायमा सोँचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा कुनै प्रकारको गडबढी हुन सक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले सतर्क हुनुहोला ।

वृष : आज समय शुभ रहनेछ, मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योगसमेत देखिन्छ ।

मिथुन : आज समय मध्यम खालको छ । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक सङ्घ/संस्था, चित्रकला, साहित्य, संगीत, पत्रकार एवं होटल व्यवसायलगायतमा संलग्न हुनुहुन्छ अथवा तपार्इं गाडी चालक हो भने निश्चित रूपमा आज फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने देखिन्छ ।

कर्कट : आज समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानीमात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला ।

सिंह : आज समय शुभ छैन । आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबढी हुन सक्नेछ खानपानमा विशेष ध्यान पुर्याउनुहोला । चिसो, शूल–वायुको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।

कन्या : आज समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको विचार विमर्श, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारको लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला ।

तुला : आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।

वृश्चिक : आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ ।

धनु : आज समय अत्यन्तै खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता, लेनदेन जग्गा जमिनसम्बन्धी कार्यमा विवाद, पशु चौपाय तथा कृषिसम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुनेछ, नयाँ पुराना सबै मित्रसँग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेनसमेत फलदायी हुनेछ ।

कुम्भ : आज स्वास्थ्य एक्कासि समस्या, चिसोका कारण शरीर सुनिने, निमोनिया हुन सक्ने छ, आँखामा एक्कासि समस्या देखिन सक्छ, घरमा चोरी हुन सक्ने सम्भावना पनि ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ तर आज खेलकुद, राजनीतिक एवं सामाजिक क्षेत्रमा सहभागी भएर सहयोग गर्न पाइनेछ ।

मीन : आज धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

साइतः सूर्य कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, उत्तर र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२२ बजेदेखि ७ः०४ बजेसम्म शुभ बेला
बिहान ७ः०४ बजेदेखि ८ः४६ बजेसम्म रोग बेला
बिहान ८ः४६ बजेदेखि १०ः२८ बजेसम्म उद्धेग बेला
बिहान १०ः२८ बजेदेखि १२ः१० बजेसम्म चर बेला
मध्यान्ह १२ः१० बजेदेखि १ः५२ बजेसम्म लाभ बेला
दिनमा १ः५२ बजेदेखि ३ः३३ बजेसम्म अमृत बेला
दिनमा ३ः३३ बजेदेखि ५ः१५ बजेसम्म काल बेला
दिनमा ५ः१५ बजेदेखि ६ः५७ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५७ बजेदेखि ८ः१५ बजेसम्म रोग बेला
राति ८ः१५ बजेदेखि ९ः३४ बजेसम्म उद्धेग बेला
राति ९ः३४ बजेदेखि १०ः५२ बजेसम्म चर बेला
राति १०ः५२ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
राति १२ः१० बजेदेखि १ः२८ बजेसम्म अमृत बेला
राति १ः२८ बजेदेखि २ः४६ बजेसम्म काल बेला
रातिमा २ः४६ बजेदेखि ४ः०५ बजेसम्म शुभ बेला
रातिमा ४ः०५ बजेदेखि ५ः२३ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button