स्रोत नखुलेको रु १२ लाख बोकेर पोखरा आउँदै गरेका लक्ष्मण र सुशान पक्राउ

  • पोखरा न्यूज
  • २०८१ श्रावण १०
स्रोत नखुलेको रु १२ लाख बोकेर पोखरा आउँदै गरेका लक्ष्मण र सुशान पक्राउ

पाेखरा । स्रोत नखुलेको रु १२ लाख नगद बोकेर काठमाडौंबाट पोखरा आउँदै गरेका दुई युवक पक्राउ परेका छन् ।

उनीहरुलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो । मोटरसाइकलमा आइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।

व्यास नगरपालिका वडा नं. ३ दुर्गामन्दिर नजिकैको सडकबाट उनीहरूलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका वडा नं. ५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं. १० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई छन् । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस