
चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारी छन् ।
भरतपुर महानगरपालिका-८ अशोक चोकमा नम्बर नखुलेको सवारी साधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका निजको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





