मुग्लिन-नारायणगढ सडकमा कन्टेनर र ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ श्रावण ११
मुग्लिन-नारायणगढ सडकमा कन्टेनर र ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका-२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् ।

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् ।

उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय निर्धारण भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस