पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाज समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।
समाजले ३१औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले समाजका पूर्व अध्यक्ष वसन्त भण्डारीलाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष बरालले सूर्यचन्द्र विकास समाजले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको बताए ।
उनले संस्थाको यसप्रकारका सामाजिक कार्यमा वडाले सधैँ साथ दिने प्रतिवद्धता समेत जनाए ।
निवर्तमान वडाध्यक्ष धनबहादुर नेपालीले समाज र वडा कार्यालयले सहकार्य धेरै काम गरिएको र भविष्यमा पनि गर्न सकिने बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यबाहक मन्त्री रमा कोइरालाले समाजले रक्तदान कार्यक्रम आयोजना गरेर समाजले उल्लेखनीय कार्य गरेको बताइन् ।
उनले रेडक्रस सोसाइटी कास्कीको भवनमा सुविधासम्पन्न रक्तसञ्चार केन्द्र सञ्चार केन्द्र स्थापना हुन लागेको जानकारी दिइन् ।
वडा सदस्य हरिमाया विकले समाज स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आएको बताइन् ।
वडा सदस्यद्वय गोविन्दप्रसाद पराजुली र कल्पना क्षेत्रीले सूर्यचन्द्र विकास समाज पोखराकै नमूना संस्था भएको भन्दै यसको गरिमालाई थप माथि पुर्याउनुपर्नेमा जोड दिए ।
समाजकी अध्यक्ष कमला गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सावित्रा कोइरालाले स्वागत र महासचिव हेमराज भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution