आँधीखोलाले बगाउँदा हरिनासका शिव पोखरेल वेपत्ता

पोखरा । स्याङ्जाको आँधीखोलाले बगाउदा एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा हरिनास गाउँपालिका वडा नं. ८ वसन्तडाँडाका २३ वर्षीय शिव पोखरेल छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार आज दिउँसो करिब १ बजे वालिङ ११ अमलेस्थित खोलामा साथीसँगै पौडी खेल्नेक्रममा बगाउँदा शिव वेपत्ता भएका थिए ।

उनको खोजीका लागि प्रहरी परिचालन गरिएको भए पनि साँझसम्ममा पत्ता लाग्न नसकेको डीएसपी रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button