
पोखरा । महिला एसिया कपमा भारत उपाधि नजिक पुगेको छ ।
शुक्रबार श्रीलंकामा भएको पहिलो सेमिफाइनल खेलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र जोडेको थियो । उसका लागि कप्तान निगर सुल्तनाले सबैभन्दा बढी ३२ रन जोडेकी थिइन् ।
बलिङमा भारतकी रेनुका सिंहले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिँदा १० रन मात्र खर्चिइन् । यस्तै राधा यावदले पनि ३ विकेट हात पार्दा १ मेडन राखेर १४ रन दिइन् ।
८१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो । उसका लागि शफली बर्माले नटआउट २६ रन र स्मृति मन्धनाले नटआउट ५५ रन जोडे ।





