लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा थापा निर्वाचित

पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा महेशबहादुर थापा निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा बाबुराम घिमिरे र सहसचिवमा गणेशबहादुर श्रेष्ठ छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसैगरी कार्यसमिति सदस्यमा चन्द्रबहादुर क्षत्री, बिनायक बराल, दिनेश बोहोरा, नारायण दानी, राजन जोशी र सन्तोष आचार्य छन् ।

संघका आमन्त्रित केन्द्रीय सदस्य भानुभक्त बराल संयोजक, गोकर्ण कार्की र कृष्णबहादुर अधिकारी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माल यातायात व्यवसायीका लगानीको सुरक्षाका लागि फेरी एकपटक आन्दोलन गर्नुपर्ने बाध्यता आएको र सबै व्यवसायी आन्दोलनका लागि तयार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लोकतान्त्रिक व्यवसायी राष्ट्रिय अध्यक्ष योगेन्द्रमान कर्माचार्य, व्यवसायी नेताहरु अर्जुन रानाभाट, चोपनारायण श्रेष्ठ, विजयबहादुर श्वार, सानुकाजी प्रजापति, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, पृथ्वी राजमार्ग यातायात कम्पनीका अध्यक्ष योगेन्द्र केसी, महासंघका नेता केदार पौडेल र केन्द्रीय उपाध्यक्ष एनकुमार शाही, केन्द्रीय सचिव भानुभक्त बराललगायतले बोलेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button