
पोखरा । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने भएका छन् ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई १० विकेटले हराउँदै भारत र दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रीलङ्का फाइनलमा पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र जोडेको थियो ।
जम्मा ८१ रनको लक्ष्य पाएको भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनदमा पहिले व्याटिङ गरेको पाकिस्तानले श्रीलङ्का सामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा श्रीलङ्काले ७ विकेटको क्षतिमा अन्तिम बल बाँकी छँदा लक्ष्य पूरा गरेको हो ।
उपाधिका लागि फाइनल प्रतिस्पर्धा आइतबार हुनेछ ।





