डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ।

गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ।

खरखरे  भिरमा ठूला-ढुङ्गासहितको पहिरो खसेको छ। उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button