
पोखरा । एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत भिड्दै छन् ।
दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो ।
पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो ।
श्रीलंका र भारतको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरू हुँदैछ ।
भारत महिला एसिया कपको फाइनलमा नवौँ पटक पुगेको हो ।
दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।





