पोखरा । राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध आन्दोलमा होमिएका सार्वजनिक यातायात यवसायीले पोखरामा दुई पत्रकारमाथि आक्रमण गरेका छन् ।
व्यवसायीको आन्दोलनको भिडियो खिचिरहेका पत्रकारद्वय सुरज थापा र विना थापामाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । अन्दोलनकारीले ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।
नजिकै प्रहरी भए पनि नियन्त्रण गर्न नसकेको प्रत्यक्षदर्शीले गुनासो गरेका छन् ।
पत्रकार सुरज थापाले पृथ्वीचोकमा व्यवसायीबीच नै झगडा भएको र सोक्रममा आफूहरुले भिडियो खिच्न लाग्दा आक्रमण गर्दै क्यामेरासमेत खोसेको बताए । अहिले जिल्ला आक्रमण गर्नेबिरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा आएको उनले बताए ।
पत्रकारद्वयमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ कास्कीले निन्दा गरेको छ । आक्रमणकारीलाई कार्वाही गर्न अध्यक्ष बिमला भण्डारीले माग गरेकी छन् ।
यता यातायात व्यवसायीले आफूहरुको आन्दोलनमा घुसपैठ भएको जनाएका छन् । पत्रकारलगायत कसैमाथि पनि आक्रमण गर्ने आफूहरुको उद्देश्य नरहेको व्यवसायीले स्पष्ट पारेका छन् ।
यातायात व्यवसायीका आन्दोलनका कारण आज बिहानैदेखि पोखरासहित गण्डकी प्रदेशभर यातायात सेवा ठप्प भएको छ ।
आफूहरुका सात बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको चेतावनी छ ।
प्रहरीका अनुसार केहीबेर अघि व्यवसायी बीच नै तनाव उत्पन्न भए पनि अहिले शान्त भइसकेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution