तनहुँ लिचीघारीका अधिकारीको करेन्ट लागेर मृत्यु

  • पोखरा न्यूज
  • २०८१ श्रावण १३
तनहुँ लिचीघारीका अधिकारीको करेन्ट लागेर मृत्यु

पोखरा । तनहुँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका वडा नंं १ लिचीघारीका ४० वर्षीय शिव अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर अधिकारी घाइते भएका थिए ।

उनको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

डीएसपी रायका अनुसार मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ । घट्नाका बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस