
पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको जानकारी दिएको छ ।
महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा एक हजार रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४४ हजार सात सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४४ हजार रुपैयाँ थियो ।
आज आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार सात सय र तेजाबी सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ ।
आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य एक हजार सात सय ३० रुपैयाँ कायम थियो ।





