सुनको मूल्य तोलामा एक हजार रुपैयाँ वृद्धि

  • पोखरा न्यूज
  • २०८१ श्रावण १३
सुनको मूल्य तोलामा एक हजार रुपैयाँ वृद्धि

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको जानकारी दिएको छ ।

महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा एक हजार रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४४ हजार सात सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४४ हजार रुपैयाँ थियो ।

आज आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार सात सय र तेजाबी सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य एक हजार सात सय ३० रुपैयाँ कायम थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस