श्रीलंकाले जित्यो एसिया कप, भारत स्तव्ध

पोखरा । हर्षिता समरविक्रम र चमारी अथपथुले शानदार ब्याटिङ गरेसँगै श्रीलंकाले पहिलो पटक एसीसी महिला एसिया कपको उपाधि जितेको छ । श्रीलंकाले बलियो प्रतिद्वन्दी भारतलाई ८ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ६६ रनको चुनौती पछ्याएको श्रीलंकाले ८ बल बाँकी हुँदै २ विकेटको क्षतिमा १ सय ६७ रन जोड्न सफल भयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

श्रीलंकाका लागि हर्षिता समरविक्रमले ६९ रन जोडिन् । उनले ५१ बल खेल्दै ६ चौका र २ छक्का हानिन् ।

कप्तानसमेत रहेकी ओपनर चमारी अथपथुले ४३ बलमा ९ चौका र २ छक्का हानिन् । त्यसैगरी कविशा दिल्हारी ३० रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले स्मृति मान्धनाको अर्धशतकीय योगदानमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो ।

स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन जोडिन् । भारतका लागि ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९, शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौर ११ रनमा समेटिए ।

श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक २ विकेट झारिन्। सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले व्यक्तिगत १-१ विकेट लिए ।

यसअघि भारतले सुरुका ६ संस्करणको उपाधि लगातार उचालेको थियो । जसमा ४ संस्करणको फाइनलमा श्रीलंकाले हार भोगेको थियो । दुई पटक भारतले पाकिस्तानलाई हरायो ।

सन् २०१८ मा भएको एसिया कपमा भारतलाई हराउँदै बंगलादेशले उपाधि जित्यो । पछिल्ला संस्करणमा श्रीलंकालाई हराउँदै भारतले सातौँ पटक च्याम्पियन बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button