काठमाडौँ । धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा चर्चित ज्योतिषीसमेत रहेका उनी एक धार्मिक अनुष्ठानमा सहभागी हुँदै गर्दा आफ्नो निवासबाटै पक्राउ परेका हुन् ।
काठमाडौँ प्रहरी परिसरबाट आएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनले बिहान आफूलाई प्रहरीले पक्राउ गरेको सामाजिक सञ्जालबाटै जानकारी दिएका थिए ।
उनले लेखेका थिए, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस् ।’
प्रहरीले यो अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने बताउँदै आएका छन् ।
उनले गरेका केही भविष्यवाणी भने मिल्दै आएका छन् ।
उनले सामाजिक सञ्जालमै नेताहरुको चर्को आलोचना गर्ने गर्छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution