पोखरामा स्कुल बस दुर्घटना बारे छानविन गर्न बन्यो छानविन समिति

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले पहिलो पटक छानविन समिति बनाएको छ । शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा छानविन समिति बनाएको महानगरले जनाएको छ ।

महानगर प्रमुख धनराज आचार्य आज दिउँसो दुर्घटनामा घाइते भएकालाई भेट्न अस्पताल पुगेका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो क्रममा घाइतेले तीव्र गतिका कारण बस दुर्घटना भएको बताएका थिए । बस निकै पुरानो, २० सीट क्षमताको बसमा ३० यात्रु रहेको पाइएपछि आचार्यले छानविन समिति बनाउने निष्कर्षमा पुगेका थिए ।

छानविन समिति सदस्यमा उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा, मे.ई.सरोज चालिसे र शिक्षा अधिकृत रामप्रसाद तिवारी सदस्य सचिव छन् ।

छानविन समितिलाई दुर्घटना हुनुको कारण, सवारी साधन, चालकको अवस्था, बसमा रहेका विद्यार्थी संख्या, बसमा विद्यार्थी राख्न पाउने संख्यालगायतका बारेमा अध्ययन गरेर सात दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको सूचनामा उल्लेख छ ।

पोखरा महानगरपालिका वडा नं. २१ गुड्कुस्थित भित्री सडकखण्डमा आज बिहान स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ । पोखरा-१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग१क ६२१९ नं.को बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा पोखरा-२१ की ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स बिक रहेका छन् । आरती स्कुलकी कार्यालय सहयोगी हुन् भने प्रिन्स सोही स्कुलमा अध्ययनरत थिए ।

दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन् । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमना उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button