
पोखरा । पोखरा महानगरपालिकाले स्कुल बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका आरती विक र प्रिन्स विकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै महानगरपालिकाले घाइतेको उपचारमा आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
महानगर प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा विशेष ध्यान दिन चिकित्सकलाई निर्देशन दिएका थिए ।
सोमबार बिहाज पोखरा २१ छरछरेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो ।
बसका चालक, एक शिक्षिका, अभिभावकसहित ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।





