आज अन्तर्राष्ट्रिय मित्रता दिवस

  • पोखरा न्यूज
  • २०८१ श्रावण १५
आज अन्तर्राष्ट्रिय मित्रता दिवस

पोखरा । आज अन्तर्राष्ट्रिय मित्रता दिवस । मित्रता एक व्यक्तिको जीवनको बहुमूल्य धन हो । यो यस्तो सम्बन्ध हो, जसले मानिसलाई कुनै स्वार्थ र भेदभाव बिना एकअर्कासँग जोडेको हुन्छ । यही मित्रताको सम्बन्धलाई मनाउन हरेक वर्ष मित्रता दिवस मनाइन्छ ।

मित्रताको महत्व बुझाउने उद्देश्यले यो दिवस विशेष रुपमा मनाइन्छ । जबकि केही देशमा यो अगस्तको पहिलो आइतबार मनाइन्छ ।

यो दिवस विभिन्न देशमा फरक फरक मितिमा मनाइन्छ । वास्तवमा धेरै देशमा जहाँ मित्रता अगस्तको पहिलो आइतबार मनाइन्छ । यो अन्तर्राष्ट्रिय रूपमा ३० जुलाईमा मनाइन्छ ।

सन् १९५८ मा पहिलो पटक पाराग्वेमा यो दिन मनाउने प्रस्ताव गरिएको थियो । पछि यही प्रस्तावलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० तारिखका दिन विश्वका धेरै देशमा अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आएको छ ।

यो दिन विशेषगरी साथीहरू र तिनीहरूको मित्रतालाई समर्पित छ । मित्रता मनाउने र मानिसको जीवनमा साथीको महत्व बुझाउने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिनले साथीबिनाको हाम्रो जीवन कसरी अधुरो छ र हाम्रो जीवनमा साथीको महत्व कति छ भनेर बताउँछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस