पोखरा । फोटोग्राफर संघ गण्डकीको स्थापना दिवस तथा १८५औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरिएको छ ।
संघले फोटोग्राफरको सम्मान, प्रविधिको ज्ञान, व्यवसायीलाई उत्साह र फोटोग्राफरको मनोवल उच्च बनाउने उद्देश्यले प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसीराम सुवेदीले जानाकारी दिए ।
संघको स्थापना दिवस भदौ २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिताअन्तर्गत विभिन्न ६ विधा सार्वजनिक गरेको छ । जसमा वेष्ट फोटो अवार्ड, ब्राइड एण्ड ग्रुम हेड सट, बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर छन् ।
वेष्ट वैवाहिक फोटो अवार्ड १५ हजार पाँच सय ५५ नगद, ट्रफी र प्रमाण पत्र छ भने अन्य विधामा ट्रफी र प्रमाण छन् ।
मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता बर्ष भरिनै चलिरहेको र प्रत्येक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाण पत्रले सम्मान गरिने संयोजक भक्त तामाङले जानकारी दिए ।
मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिताका लागि मिराज फोटोका सञ्चालक भक्त तामाङ÷बृहस तामाङले दुई लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको कोषाध्यक्ष जीवन ढुंगानाले जानकारी दिए ।
यसैगरी गण्डकी प्रदेशलाई विश्वभरी नै चिनाउने उद्देश्यका साथ यहाँका प्राकृतिक छटालाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि नेचर एण्ड ल्याण्डस्केप विधामा पनि प्रतियोगिता घोषणा गरिएकाे छ ।
नेचर एण्ड ल्याण्डस्केप विधाअन्तर्गत फोटाहरु गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशैभरिका फोटोग्राफरले यस प्रतियोगितामा भाग लिन पाउनेछन् ।
प्रतियोगितामा वेस्ट फोटोले नगद १० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट पाँच तस्विरलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेल, वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीलगायतले ब्यानर खोली प्रतियोगिता शुभारम्भ गरेका थिए ।
कार्यक्रमका शाक्यले फोटोग्राफी क्षेत्रमा गण्डकी प्रदेशले देशैभरिका फोटोग्राफरलाई प्रोत्साहित गर्न स्थापना गरिएको प्रतियोगिता निकै सराहनीय भएको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव सुवेदीले फोटोग्राफर, फोटो पत्रकार र पत्रकार यी सबै एउटै पाटा भएको बताए ।
संघका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, नेपाल फोटोग्राफर महासंघ नेपालका केन्द्रीय सदस्य रवीनाथ दाहाल, सल्लाहकार गणेश छवि, कार्यक्रम संयोजक भक्त तामाङ, सचिव तुलसीराम सुवेदीलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution