भारतको केरलमा चार गाउँ पहिरोमा बगे, ८४ को मृत्यु, चार सय बेपत्ता

काठमाडौँ । भारतको केरलमा पहिरो जाँदा कम्तीमा ८४ जनाको मृत्यु भएको छ भने चार सय जना बेपत्ता भएका छन् ।

बिहान २ देखि ६ बजेको बीचमा गएको पहिरोमा चार गाउँ बगेका छन् । मुन्डक्कई, चुरलमाला, अट्टामाला र नुलपुझामा घर, पुल, सडक र गाडीहरु बगेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ । ११६ जना अस्पतालमा भर्ना भएका छन् । चार सय भन्दा बढी बेपत्ता भएका छन् ।

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको  प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन्।

उनले घटना प्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवार जनमा समवेदना प्रकट गरेका छन् ।

केरलामा मङ्लबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button