पोखरा । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । हस्पिटलसँग समझ्दारी भएसँगै बैंकका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।
हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेल र बैंकका पोखरा शाखा प्रमुख अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
समझ्दारीअनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ सेवा लिने ग्राहकले हस्पिटलमा उपचार एवं स्वास्थ्य जाँच गराउँदा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकले होलबडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अपरेसनमा १० प्रतिशत तथा फार्मेसीमा औषधि किन्दा पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् ।
पछिल्लो समय सामाजिक योगदानलाई प्राथमिकता दिँदै आएको चरक हस्पिटलले गण्डकी प्रदेशका लगभग सबैजसो जिल्लामा स्थानीय संघसंस्थासँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । आवश्यकता अनुरुप ग्रामीण ठाउँमा लक्षित गरी हस्पिटलले निःशुल्क शिविरलाई निरन्तरता दिने निर्देशक पोखरेलले जानकारी दिए ।
हस्पिटलसँगको सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।
बैकले मुलुकका ६० जिल्लामा एक सय ९७ शाखा, एक सय ६२ एटीएम, तीन विस्तार काउन्टर र ७४ शाखारहित बैंकिङ इकाईबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution