
चितवन । चितवनमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
त्यु हुनेमा तनहुँको भानु नगरपालिका वडा नं. १२ का २७ वर्षीय निगम नेपाली सार्की छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा बन्दीपुर गाउँपालिका वडा नं. ३ का ३६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् ।
उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत थिए ।
भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्कमा निगम र दिनेश सवार मोटरसाइकललाई कारले ठक्कर दिँदा दुर्घटना भएको हो ।





