
पाेखरा। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलाको एक हजार आठ सयले बढेर एक लाख ४७ हजार आठ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको मूल्य तोलाको एक लाख ४६ हजार रहेको थियो ।
त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ४७ हजार एक सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी बुधबार प्रतितोला ४० रुपैयाँले बढेर तोलाको एक हजार सात सय असी रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





