केरलमा पहिरो जाँदा कम्तीमा १५१ को मृत्यु, २२० जना बेपत्ता

पोखरा । भारतको केरलामा गएको भीषण पहिरोमा कम्तीमा एक सय ५१ जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी व्यक्ति बेपत्ता छन् । मुसलधारे वर्षापछि गएको पहिरोले चार गाउँ नै बगाएको छ ।

केरलाको दक्षिणी तटीय राज्य पहिरोको चपेटामा परेको हो । प्रकोपमा अहिलेसम्म एक सय ५१ जनाको मृत्यु भइसकेको छ । एक सय १६ जना अस्पतालमा, दुई सय २० भन्दा बढी व्यक्ति बेपत्ता छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara

यस्तै दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् । वायनाड जिल्लामा बाटो अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भएको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले यो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप भएको बताएका छन् । सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली उद्धारमा खटिएका छन् ।

सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रात परेकाले उद्धार रोकिएको थियो । बिहानैदेखि फेरि सुरु भएको छ ।

पहिरोले घरहरू पुरिएका छन् भने सडकमा कार र अन्य फोहोरहरू छरिएका छन् । सेनाले रातभर उद्धार गरेको र बिहान पुनः सुरु गरेको जनाएको छ ।

सोमबार अबेर राति विभिन्न चार स्थानमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्ममा चार गाउँ पहिरोमा बगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button