पोखरा । कास्कीको विकासका बारेमा संघीय सरकारलाई ध्यानाकर्षण गराउन नेपाली कांग्रेस कास्कीको टोली काठमाडौँ प्रस्थान गरेको छ ।
पार्टी सभापति किशोरदत्त बराल नेतृत्वको टोलीमा गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री विन्दुकुमार थापा, केन्द्रीय सदस्य शारदा पौडेल, पूर्वसभापति सोभियतबहादुर अधिकारी, सचिव देवेन्द्र रानाभाट, सहसचिव नवीन सिग्देल, नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, जनप्रतिनिधि प्रकाश कोइराला, प्रकाश कार्की, सुशिल बास्तोला, युवा नेता सुरेन्द्रबाबु तिवारीलगायत छन् ।
कास्कीको पर्यटन, स्वास्थ्य, शिक्षा, कृषिलगायतका विकासका विषयमा केन्द्रीय रहेर सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको पार्टी सभापति बरालले जानकारी दिए ।
‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल त बन्यो तर अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन, यो विषय मुख्यरुपमा उठान गर्नेछौँ’, सभापति बरालले भने, ‘परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल गरी पोखराबाट नियमति उडान भर्नका लागि परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउने छौँ ।’
फेवातालको मापदण्ड र यसको सौन्दर्यता, सुशासन, स्वास्थ्य, कृषि, शिक्षासँगै विकासका बारेमा सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षणसहित छलफल गरिने कास्की कांग्रेसका सहसचिव नवीन सिग्देलले जानकारी दिए ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय मन्त्रालयका मन्त्रीलाई भेट्ने र समस्याबारे जानकारी गराउने टोलीको तयारी छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution