खोला तर्नेक्रममा आमाको हातबाट फुत्किएका बालकको मृत्यु

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-६ स्थित पिप्लेका एक बालकलाई बुधबार खोलाले बगाउँदा मृत्यु भएको छ ।

सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर छ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनका अनुसार बालकलाई उनको आमा बीना भण्डारी (लामिछाने)ले हात समातेर सँगै खोला तर्ने क्रममा चिप्लिँदा खोलाले बगाएर दुई सय मिटर तल पुर्याएपछि उद्धार गरिएको थियो । उद्धारका क्रममा नै बालकको घटनास्थलमा निधन भएको हो ।

खोलाको चिप्लो ढुङ्गामा पानीको बहावले लडाएसँगै आमाको हातबाट फुत्किएर बालकलाई खोलाले बगाएको हो ।

लड्न पुगेकी आमाले छोरालाई बचाउन प्रयास गरे पनि तत्कालै उद्धार गर्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button