दाजुभाइलाई खोलाले बगायोः भाइ उत्रिए, दाइ डुबे

तुलसीपुर । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर-४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर-२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गिधनिया आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो ।

तेजबहादुर भाइ ६४ वर्षीय भाइ चेतबहादुरसँग गएका फर्किने क्रममा खोलाले दुवै दाजुभाइलाई बगाएको थियो ।

भाइ चेतबहादुर पौडी खेलेर निस्केका थिए भने दाजु तेजबहादुरलाई एक किलोमिटर तलबाट मृतावस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button