आज दुई पटक शुभ बेला परेको छ, श्रीबिष्णुको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ साउन १७ गते बिहीबार, इस्वीसंवत अगष्ट १ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्ण पक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको द्वादशी तिथि दिनमा ४ः४२ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा मृगशिरा दिनमा १२ः०८ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्याघात २४ घटि ४२ पलासम्म त्यसपछि हर्षण योग रहनेछ । करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३३ घटि २८ पला अर्थात १३ घण्टा २५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः२८ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा २ः०१ बजे र अस्ताउने समय भोलि दिनमा ४ः४५ बजे रहेको छ । आज प्रदोष व्रत गर्ने दिन र विश्व स्तनपान सप्ताह प्रारम्भ गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँग झगडा हुन सक्छ । जोसँग पनि कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ला, आफूले गर्न खोजेका काममा धेरै नै विघ्नबाधा हुनेछ । कम्मर दुख्ने समस्याले तनाव बढ्नेछ । यात्रका क्रममा कसैले नशालु पदार्थ खुवाउन या सुँघाउन सक्नेछन्, विशेष ख्याल गर्नुहोला । समय खराब रहेकाले सबै कार्यमा सतर्क हुनुहोला ।

वृष : आज समय शुभ छ । एक्कासि आम्दानी बढ्ने काम भेटिने छ । जे पेसामा संलग्न हुनुहुन्छ त्यसबाट आम्दानी राम्रो रहनेछ । नयाँ व्यवसाय आज सुरु गर्नुभएमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । पुराना इष्टमित्र, मान्य व्यक्तित्वसँगको भेट उपलब्धिमूलक नै रहनेछ । टाढाको यात्रा रमाइलो र फलदायी हुनेछ ।

मिथुन : आजको समय खराब छ । बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ । आँपूm मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ, जसमा आँफू तटस्थ रहनु नै राम्रो हुनेछ । व्यापार र व्यवसायमा आज त्यति लाभ देखापर्ने छैन । परिवारको कुनै सदस्यलाई औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । यात्रामा पनि तनाव उत्पन्न हुनेछ । आज यात्रासहित सबै कार्यमा चनाखो र सतर्क हुनुहोला ।

कर्कट : आज समय अत्यन्त शुभ रहनेछ । स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर-सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन रहेको छ । आफन्तको आगमनले घरमा खुशीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ ।

सिंह : आज स्वास्थ्य राम्रो रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी/प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ । पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् । राम्रो समयको सही उपयोग अवश्य गर्नुहोला । नयाँ-नयाँ कार्ययोजना बनाउने दिन आज रहेको छ । हार्डवयरसम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ ।

कन्या : आज समय खराब रहनेछ । आज पानीमा डुब्ने डर रहेको छ, विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसँग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । टाढाको यात्रा पनि नगर्दा राम्रो हुने देखिन्छ ।

तुला : आज स्वास्थ्य राम्रो रहने छैन । मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । विशेषगरी आज पानीबाट खतरा छ, सतर्क रहनुहोला । आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने वा गड्बढीको सम्भावना बलियो छ । सतर्क हुन आवश्यक छ ।

वृश्चिक : आज समय मध्यम खालको छ । कामबाट सन्तुष्टि मिल्ने छैन । गरेको काम बिग्रने संभावना बलियो छ । आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना छ । सोचेअनुसार लाभ लिन कडा परिश्रमबाट गर्नुपर्नेछ । आज परिवारमा कच्कच, साथीभाइ रिसाउने दिन पनि रहेको छ । नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ ।

धनु : आज समय शुभ छ । आरोग्यता, प्रशन्नता बढ्नेछ । गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नु हुनेछ । सोचेका सबै धार्मिक काममा राम्रो सफलता मिल्नेछ । कुखुरापालन व्यवसाय तथा फ्रेस हाउस सञ्चालन गर्दै हुनुहुन्छ भने आजबाट सुरु गर्नुहोला । जग्गा किन्दै हुनुहुन्छ भने पनि आज बैनापट्टा गर्दा राम्रो हुनेछ ।

मकर : आज अत्यन्त खराब रहनेछ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

कुम्भ : आज अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना त्यत्तिकै रहेको छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । समग्रमा समय खराब रहेकाले आज आर्थिक लेनदेन, टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मीन : आज समय राम्रै रहनेछ । सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमीन अथवा कलकारखानासम्बन्धी काम गर्नु छ भने आज लाभ हुनेछ । तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने पैसा खूब कमाउनुहुनेछ । जताबाट पनि तपाईंलाई खुशी लाग्दा समाचार प्राप्त हुनेछन् । रमणीय कार्यमा सहभागी हुन पाइने छ । समय शुभ रहेको छ, भरपूर उपयोग गर्नुहोला ।

साइतः सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२५ बजेदेखि ७ः०६ बजेसम्म शुभ बेला
बिहान ७ः०६ बजेदेखि ८ः४७ बजेसम्म रोग बेला
बिहान ८ः४७ बजेदेखि १०ः२९ बजेसम्म उद्धेग बेला
बिहान १०ः२९ बजेदेखि १२ः१० बजेसम्म चर बेला
मध्यान्ह १२ः१० बजेदेखि १ः५१ बजेसम्म लाभ बेला
दिनमा १ः५१ बजेदेखि ३ः३२ बजेसम्म अमृत बेला
दिनमा ३ः३२ बजेदेखि ५ः१३ बजेसम्म काल बेला
दिनमा ५ः१३ बजेदेखि ६ः५४ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५४ बजेदेखि ८ः१३ बजेसम्म रोग बेला
राति ८ः१३ बजेदेखि ९ः३२ बजेसम्म उद्धेग बेला
राति ९ः३२ बजेदेखि १०ः५१ बजेसम्म चर बेला
राति १०ः५१ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
राति १२ः१० बजेदेखि १ः२८ बजेसम्म अमृत बेला
राति १ः२८ बजेदेखि २ः४८ बजेसम्म काल बेला
रातिमा २ः४८ बजेदेखि ४ः०७ बजेसम्म शुभ बेला
रातिमा ४ः०७ बजेदेखि ५ः२६ बजेसम्म रोग बेला

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button