पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ तेर्सापट्टीस्थित एक कपास उद्योगमा आगालागी भएको छ ।
आज बिहान करिब ११ बजे पश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको हो । आगलागीबाट कपास, मेसिन र अन्य सामाग्री गरी करिब २२ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले करिब २ घण्टामा नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।
नोट : यस अघिको समाचारमा आगलागी स्थल पोखराको तेर्सापट्टी हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याएका छौँ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution