खेतमा धान गोडीरहेकी हीरा शाहको बाघको आक्रमणबाट मृत्यु

  • पोखरा न्यूज
  • २०८१ श्रावण १७
खेतमा धान गोडीरहेकी हीरा शाहको बाघको आक्रमणबाट मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका-२ की २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन् ।

“खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ”, उनले भने । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।

मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ ।

यसैगरी मङ्गलबार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस