
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका-२ की २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन् ।
“खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ”, उनले भने । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।
मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ ।
यसैगरी मङ्गलबार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन् ।





