
पोखरा । नेपालमा बिहीबारबाट सुरु भएको काभा महिला भलिबल लिगमा आज दुई खेल हुँदैछ ।
पहिलो खेलमा इरान र श्रीलङ्काबीच र दोस्रो खेलमा माल्दिभ्स भारतबीच हुनेछ ।
बिहीबारको खेलमा नेपाल र भारत विजयी भएका थिए । नेपालले श्रीलंका र भारतले इरानलाई पराजित गरेको हो ।
नेपालको दोस्रो शनिबार भारत, तेस्रो खेल आइतबार माल्दिभ्स र चौथो सोमबार इरानसँग हुने तालिका छ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ ।
नेपालले तेस्रो खेलमा २० गते लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ ।
लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधबार हुनेछ ।





