
पोखरा । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ ।
यसअघि साउन २ गते भाउ प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।
यस दिन सुनको भाउ प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ पाँच सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ प्रतितोला एक हजार सात सय ९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी पाँच रुपैयाँ घटेको हो ।





