
पोखरा । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्वारा कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
नतिजाअनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ तीन लाख ८५ हजार छ सय ३२ सहभागीमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना उत्तीर्ण भएका छन् ।
यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८दशमलव२६ प्रतिशत उत्तीर्ण भएका छन् ।
९२ हजार पाँच सय नौ सहभागीमध्ये २५ हजार चार सय ३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ ।





