|फाइल तस्बिर
पोखरा । पोखराका विभिन्न स्थानबाट सडक आश्रित २२ जनाको उद्दार गरिएको छ ।
वडा प्रहरी कार्यालय बैदामको सक्रियतामा पोखरा-४, ५, ६, र ९ का वडा एरियामा सडकका पेटीमा बसी माग्दै हिँड्ने, जोगीको भेष गरी हिँड्ने महिला, पुरुष, बालबालिका तथा भारतीय मुलुकका नागरिकलाई सडकबाट उद्दार गरी आश्रममा राखिएको छ ।
जसमा पोखरा महानगरको समन्वयमा १० जना पुरुष मानवसेवा आश्रम हेम्जा, चार जना बालक बाल हेल्पलाईन अम्मरसिंह र आठ जना महिलालाई मानवसेवा आश्रम छोरेपाटन पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
भिक्षा माग्न कानूनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले रोक लगाउँदै आएको छ ।
साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई पनि रोक लगाइएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution