|फाइल तस्बिर
बागलुङ । तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।
मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका-१० दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो ।
मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए ।
पहिराले सडकको छेउ भाग पूर्णरुपमा बगाउँदा सञ्चालन गर्न लामो समय लागेको यादवले बताए ।
यस क्षेत्रमा ठूलो वर्षा भएसँगै करिडोर बन्द हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद हुँदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution