पोखरामा स्कुल बस दुर्घटनाः आरती र प्रिन्सका परिवारले ११ लाख क्षतिपूर्ति पाउने

  • पोखरा न्यूज
  • २०८१ श्रावण १८
पोखरामा स्कुल बस दुर्घटनाः आरती र प्रिन्सका परिवारले ११ लाख क्षतिपूर्ति पाउने

पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका आमा छोराको अन्त्येष्टि गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको बस साउन १४ गते दुर्घटना हुँदा पोखरा-२१ की २३ वर्षीया आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो ।

स्रोतका अनुसार पीडितका परिवारले विद्यालय प्रशासन र एनव्याब्सनबाट गरी ११ लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । साथै पीडित परिवारजनले बीमाको रकमसमेत पाउनेछन् ।

क्षतिपूर्तिमा कुरा नमिल्दा पीडित परिवारले शव बुझ्न मानेका थिएनन् । मृतकका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याव्सनका प्रतिनिधिलगायत बीच सहमति भएकाे हाे । त्यसपछि आफन्तले आरती र प्रिन्सकाे अन्त्येष्टि गरेका हुन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस