कास्कीका दीपेन्द्र श्रेष्ठ र नवलपुरकी कमला रानामगरलाई कञ्चन पत्रकारिता पुरस्कार

  • पोखरा न्यूज
  • २०८१ श्रावण १९
कास्कीका दीपेन्द्र श्रेष्ठ र नवलपुरकी कमला रानामगरलाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई कञ्चन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित सो पुरस्कार श्रेष्ठ र रानामगर प्रदान गरिने भएको हो ।

फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमु संयोजक, फोनिज गण्डकीका इन्चार्ज एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीष मगर र महासचिव धनबहादुर गुरुङ सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसका आधारमा फोनिज गण्डकीको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको हो ।

पुरस्कारकाे राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र छ । पुरस्कार फोनिजको स्थापनाका दिवसको अवसर पारेर यही साउन २७ गते अर्पण गरिने जनाइएको छ ।

यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस