सिद्धार्थ क्लबको अध्यक्षमा देवेन्द्र पराजुली चयन

  • पोखरा न्यूज
  • २०८१ श्रावण १९
सिद्धार्थ क्लबको अध्यक्षमा देवेन्द्र पराजुली चयन

पोखरा । सिद्धार्थ क्लब पोखराले अध्यक्षमा देवेन्द्र पराजुली चुनिएका छन् । पराजुली नेतृत्वको नयाँ टिमको पदस्थापन शनिबार भएको छ ।

क्लबको प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ, द्वितीय उपाध्यक्ष नवराजकुमार गोठाजु, सचिवमा प्रमोद नारायण श्रेष्ठ, निर्देशक रामनारायण श्रेष्ठ, सहसचिव योजना मर्सानी र कार्यसमिति सदस्यमा जमुना अधिकारी छन् ।

कार्यक्रममा पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले क्लबले शिक्षाको क्षेत्रमा खेलेको भूमिका सह्रानीय भएको बताए । उनले आगामी दिनमा स्वरोजगार सृजना गर्ने कार्यक्रम गर्न आग्रह गरे ।

क्लब अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले आफूले क्लबको छबि उच्च राख्ने गरी काम गरेको दावी गरिन् ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महिला अधिकारका लागि राष्ट्रिय अभियानका अध्यक्ष शोभा आचार्यले क्लबको नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

सो अवसरमा ‘सिद्धार्थ आवाज’ बुलेटिन विमोचन गरिनुका साथै कार्यक्रम संयोजक र सहयोगदातालाई सम्मान गरिएको थियो ।

साथै योग्य सदस्यलाई आजीवन सदस्यता प्रदान, शैक्षिक सत्र २०८० मा एसईई उत्तीर्ण क्लब सदस्यका छोराछोरी तथा बाल शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सचिव विनोदप्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा निर्देशक तथा कार्यक्रम संयोजक रवि मर्सानीले बोलेका थिए ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस