पोखरा । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको भीड बढ्दै गएको छ ।
पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा साउन १० देखि जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा दर्शकको सहभागिता बढ्दै गएको हो ।
श्रीकृष्ण प्रणामी सेवा समिति अध्यक्ष मोहनप्रसाद ढकालका अनुसार प्रवचनमा भक्तजन बढेसँगै सहयोग रकम र प्रसादका लागिसमेत सहयोग आउनेक्रम जारी छ ।
शनिबार गोपीका पाण्डे, पत्रकार रेनुका सुवेदी, अशेष भण्डारी, रेनुका भण्डारीको नेतृत्वमा मणिपाल अस्पतालमा कार्यरत स्टाफ नर्सको ग्रुप, भाष्कर बोर्डिङ स्कुलका शिक्षक सबु लामिछाने, पद्य नर्सिङ होमका एकाउण्टेन्ट ज्योती सुवेदी पराजुली, सामाजिक तथा धार्मिक व्यक्तित्व दीपा पाठक, भगवती ढकाल, शान्ति पौडेल, गंगा ढकाल, रोमन सुवेदीलगायतले प्रसादका लागि सहयोग गरेको समिति सचिव लक्ष्मण बरालले जानकारी दिए ।
एक महिने चल्ने कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपवाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छन् ।
भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन् । हरेक दिन बिहान ११ देखि २ बजेसम्म कार्यक्रम हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution