धादिङका गोकर्ण अधिकारी पोखरा चेम्बर अफ कमर्स कास्कीको महासचिवमा निर्वाचित

  • पोखरा न्यूज
  • २०८१ श्रावण १९
धादिङका गोकर्ण अधिकारी पोखरा चेम्बर अफ कमर्स कास्कीको महासचिवमा निर्वाचित

पोखरा । धादिङका गोकर्ण अधिकारी पोखरा चेम्बर अफ कमर्स कास्कीको महासचिवमा निर्वाचित भएका छन् ।

संस्थाको शनिबार सम्पन्न पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट अधिकारी महासचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनी नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका अध्यक्ष हुन् । अधिकारी धादिङ-पोखरा सम्पर्क समाजका पूर्वसचिवसमेत हुन् ।

यस्तै धादिङकै वीरबहादुर अधिकारी, शम्भु अधिकारी, जगदिश खनाल र बबिता मल्ल पोखरा चेम्बर अफ कमर्स कास्कीकाे कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

वीरबहादुर नेकपा एमाले कास्कीका जिल्ला सदस्यसमेत हुन् भने एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका पूर्वअध्यक्ष र धादिङ-पोखरा सम्पर्क समाजका पूर्व सल्लाहकार परिषद् सदस्य हुन् ।

यस्तै, शम्भु धादिङ-पोखरा सम्पर्क समाजका पूर्व वरिष्ठ उपाध्यक्ष, सिद्धलेक गाउँपालिका इकाइका पूर्वअध्यक्ष हुन् ।

जगदिश नेकपा एमाले पोखरा महानगर कमिटी सदस्य हुन् भने धादिङ-पोखरा सम्पर्क समाजका पूर्व कार्यसमिति सदस्य हुन् ।

बबिता धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष हुन् भने धादिङ-पोखरा सम्पर्क समाजका आजीवन सदस्य हुन् ।

अधिवेशनबाट अध्यक्षमा उमनाथ बास्तोला निर्वाचित भएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस