काठमाडौँ । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा भारतमाथि शानदार जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको हो ।
नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो ।
यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जितपछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुआत गरेको थियो ।
आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५ः१५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५ः१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution