|फाइल तस्वीर ।
पोखरा । भारतमा सवारी दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराति करिब १ बजे उत्तर प्रदेशको इटावामा बस र कार ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस आपसमा ठोक्किएको आजतकको समाचारमा उल्लेख छ ।
इटावाका एसएसपी कुमार बर्माको भनाइ उद्धृत गर्दै आजतकले कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको जनाएको छ ।
दुर्घटनाको प्रकृति हेर्दा कार चालक निदाएका कारण विपरीत लेनमा पुगेको हुन सक्ने एसएसपी बर्मालाई उद्धृत गर्दै आजतकले उल्लेख गरेको छ ।
दुर्घटनामा कारमा सवार तीनै जना र बसमा सवार चार जनाको मृत्य भएको बताइन्छ । कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडक तल खाल्डोमा खसेको थियो ।
बसमा ६० जना सवार रहेको र त्यसमध्ये २५ जना घाइते भएको बिबिसीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution