धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि सुख्खा पहिरोसँगै आएको रुखले च्यापिए नौ जना घाइते भएका छन् ।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुल नजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
घाइते सबै खतरामुक्त रहेको डीएसपी मिश्रले जानकारी दिए ।
रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो ।
अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution