सुनको भाउ ठ्याक्कै एक लाख ५० हजार रुपैयाँ

  • पोखरा न्यूज
  • २०८१ श्रावण २१
सुनको भाउ ठ्याक्कै एक लाख ५० हजार रुपैयाँ

पाेखरा। नेपाली बजारमा सुनको मूल्य डेढ लाख रुपैयाँ तोला पुगेको छ ।

सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मुल्य तोलाको एक लाख ४९ हजार सात सय रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस