
दाङ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ ।
मृत्यु हुनेमा सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी छन् ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमिल्सिनाका अनुसार दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा१ज ७७० नम्बरको जीप आइतबार साँझ ७ बजे शान्तिनगर गाउँपालिका वडा नं. १ हाँडीचारमा दुर्घटना भएको हो ।
जीप अनियत्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।





