बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने

  • पोखरा न्यूज
  • २०८१ श्रावण २१
बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने

पोखरा । बंगलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले सबै दलसँगको सहमतिमा अन्तरिम सरकार बनाउने बताएका छन् ।

उनले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गर्दै अब सबै दलको सहमतिमा अन्तरिम सरकार बनाउने स्पष्ट पारेका हुन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । आरक्षण विरोधी आन्दोलन चर्किएर सोमबार स्थिति नियन्त्रण बाहिर गएपछि हसिनाले राजीनामा दिएकी हुन् ।

राजधानी ढाकामा करिब चार लाख आन्दोलनकारी सडकमा उत्रिएर नियन्त्रण बाहिर गएसँगै उनले राजीनामा दिएकी हुन् । हसिनाले प्रधानमन्त्रीको सरकारी निवासमेत छाडिकसेकी छिन् । समाचार एजेन्सी एएफपीले सूत्रलाई प्रयोग गर्दै उक्त जानकारी दिएको हो ।

हसिना ढाका छाडेर सुरक्षित स्थानमा गइसकेकी छिन् । उनीसँग उनकी बहिनीसमेत साथमा रहेकी छन् । मिडिया रिपोर्टअनुसार हसिना सेनाको हेलिकोप्टरमा सवार रहेर भारत पुगेकोसमेत बताइएको छ ।

उनी पश्चिम बंगालमा गएको बताइए पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । बंगलादेशमा चलेको आरक्षणको विरोधका कारण तीन सय भन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस